‘सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्छ’ : नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका नेता झलनाथ खनालले राजधानीमा आयोजना गरेको सभामा बोल्दै सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने ठोकुवा गरेका छन् ।

खनालले भने, ‘हामीलाई सर्वोच्च अदालतप्रति पूरा विश्वास छ । त्यस अदालतले संसदको पुन:स्थापना गर्छ, गर्छ । त्यो भन्दा अर्को कुनै विकल्प छैन । अदालतले के गर्ला भनेर भ्रम छर्नुपर्ने आवश्यकता छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुले नेपाली जनता के भन्दैछन् सुनिरहनुभएको छ, मनमा गुनिरहनुभएको छ ।’

निर्वाचन आयोगले पनि कुन पार्टी आधिकारिक भन्ला भनेर जनताले पर्खेर बसेको उनले बताए ।

‘तर अहिलेको निर्वाचन आयोग पनि हुकुमी शासनले बनाएको होइन । हामीले बनाएको हो, संविधानसभाले बनाएको हो । दल ऐनको धाराले कुनै पार्टी जुटेर नयाँ पार्टी बनेको छ भने पाँच वर्ष फुटाउन पाउँदैन । ४० प्रतिशत पुर्याउनुपर्छ ।’

खनालले प्रतिगमन नसच्चिएसम्म कफन बाँधेर सडकमा बस्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओलीलाई भगौडाको संज्ञासमेत दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board