शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय किशोरको मृत्यु

काठमाडौं । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board