‘कबिर सिंह’ की नायिकालाई फ्यानको प्रश्न : ‘पेटिकोट लगाएर किन हिडेको ?’

कियारा अडवाणी बलिउडकी सफल नायिका हुन् । उनले कम चलचित्र गरेकी छिन् । तर काम गरेका सबै चलचित्रबाट दर्शकको तारिफ नै पाइन् । उनै कियारा बेला बेलामा पहिरनका कारण ट्रोल हुने गरेकी छिन् । अहिले पनि सामाजिक सञ्जालमा उनी मजाकको पात्र बनिरहेकी छिन् ।

कियाराले हालै आफ्नो २७ औँ जन्मदिन मनाइन् । कियाराले फेशन लेबल जाराको सेतो ट्रन्डी को–ओर्ड सेट छानेकी थिइन् जसलाई उनले ह्वाइट च्यानलसँग स्टाइल गरेकी थिइन् । यद्यपि ड्रेससँग कियाराको मेकअप राम्रो थियो । तर उक्त लुगा कियारालाई पटक्कै सुहाएको भने थिएन । कियाराले सेतो कलरको ब्रालेट र स्कर्ट लगाएकी थिइन् ।

उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि कियाराको धेरैले मजाक उडाए । कियाराको स्कर्ट निकै पातलो भएकाले दर्शकले पेटिकोट मात्र किन लगाएको भनेर कमेन्ट गरिरहेका छन् । कियाराले भने यसबारे कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति