भारतमा २४ घण्टामा १३ हजार ७०१ संक्रमित, १४७ को मृत्यु

काठमाडौं, ९ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १४७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ५३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १३ हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख २५ हजार ४२० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८१ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board