संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ : वरिष्ठ नेता पौडेल

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताए । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।

“निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ”, उनले भने संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उनको जिकिर थियो । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board