यस्ती देखिन्छिन् मुख्यमन्त्री राईको बेहुली (फोटोफिचर)

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यहि माघ ११ गते विवाह गर्न लागेसँगै उनको चर्चा चुलिएको छ । विवाह हुनु सामान्य नै हो तर आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले उनको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भईरहेको छ ।

४९ वर्षीय शेरधन राईले आफूभन्दा २६ वर्षभन्दा कान्छी मिस मंगोल २०१८ जाङमु शेर्पासँग विवाह गर्न लागेका हुन् । मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङमुको संखुवासभा हो । आमाबुवा अमेरिकामा बस्दै आएकी जाङमु अहिले भने काठमाडौं बस्दै आईरहेकी छिन् ।

मुख्यमन्त्री राईको सचिवालयले विवाह हुन लागेको जानकारी दिए पनि बेहुलीको बारेमा अहिलेसम्म खुलासा गरेका छैनन् । यद्धपि विभिन्न मिडियाले जाङमुको बारेमा पत्ता लगाएका हुन् ।

थप तस्वीरमा,

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति