सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति