चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने कम्पनीको सेयर बिक्री तथा निष्काशन प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता (आइपीओ) पुस २४ गतेदेखि सर्वसाधारणको खुला गरेको थिया ।

चन्द्रागिरीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन छ । जुन माग भन्दा १७.५३ गुणा बढी हो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीले ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board