कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार २३५ जनाको मृत्यु

काठमाडौं, ८ माघ ।  विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ ।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ५४१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४०१ संक्रमित थपिएका छन् । योसँगै ९ करोड ७२ लाख ७९ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ५३ लाख ६९ हजार २३० जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ९८ लाख २८ हजार ९७२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ ।

त्यहाँ एकैदिन १ लाख ८६ हजार ७०६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४९ लाख ९७ हजार २५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९६ लाख १६ हजार ४६० छ । २८ हजार १२९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ६ लाख नाघेको भने अहिलेसम्म १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board