प्रिमियर लिग : एस्टोन भिल्ला सिटीसँग पराजित

काठमाडौं, ८ माघ । म्यानचेस्टर युनाइटेड पुनः इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । फुलह्यामका लुकम्यानल खेलको पाँचौँ मिनेटमा नै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ ।

फुलह्याम भने तालिकाको १८ औँ स्थानमा छ ।

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको ७९ औँ मिनेटमा र इल्केइ गुन्डोगानले ९० औँ मिनेटमा गोल गरे । जित म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board