९७.९ प्रतिशत कोरोना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति