प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगन

काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले स्थगन भएको सूचना सभामा सुनाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति