केहीसमय अघि नायिका करिश्मा मानन्धरले चलचित्रलाई छोडेर राजनीतिमा बढी चासो दिन थालेकी थिइन् । उनले डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध पनि भइन् । त्यसपछि केहीसमयसम्म सक्रिय रुपमा उनी राजनीतिमा होमिएकी थिइन् ।
तर बाबुरामको नयाँ शक्ति पार्टी र मधेसवासी दलहरुबिच सहमित भयो र जनता समाजवादी पार्टी जन्मियो । त्यसपछि करिश्माले फेरि राजनीतिक यात्रालाई ब्रेक लगाइन् । तर उनले राजनीतिमा चासो भने दिइरहेकी हुन्छिन् । उनी अहिले पनि बेला बेलामा आफूलाई चित्त नबुझेका कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेकी हुन्छिन् ।
हालैमात्र करिश्माले सामाजिक सञ्जालमार्फत डा.बाबुराम भट्टराइमाथि कटाक्ष गरेकी छिन् । बाबुरामले शेयर गरेको तस्वीरमा करिश्माले लेखिन्–‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सिमित भएको देखेर दुःख लाग्छ डाक्टर साब । यही हो नेपालीले पाएको गणतन्त्र । यही हो राजनीतिक संकार । देशको विकास कहिले हुने ?’
प्रतिक्रिया