भारतले नेपाललाई १० लाख डोज कोरोना खोप दिने

काठमाडौं, ७ माघ । भारतले नेपाललाई दश लाख कोरोना भ्याक्सिन कोभिसिल्ड दिने भएको छ । सो १० लाख खोपको अनुदान विहिवार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले भोली नै खोप नेपाल आउने जानकारी दिए । भारतीय राजदूत विनयमोहन क्वात्रा समेत उपस्थित सयुक्त पत्रकार सम्मेलनमा उनले फ्रन्ट लाइनमा खटिएकालाई पहिलो प्राथमिकता दिने बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति