तनाव झेल्न नसक्दा बिरामी भइन् आलिया

बलिउडकी सर्वाधिक सफल अभिनेत्री आलिया भट्ट केहीसमय देखि चलचित्र गगुंबाई काठियावान्डी को छायांकनमा व्यस्त छिन् । चलचित्रको छायांकन पुरा नहुदैँ केहीसमय अघि यो चलचित्र विवादमा तानिएको थियो । जसका कारण केहीसमयसम्म चलचित्रको छायांकन समेत रोक्नुपर्यो ।

यसैबिच केहीदिन अघि नायिका आलिया भट्ट पनि बिरामी परिन् । कामको तनाव झेल्न गाह्रो भएर पनि होला उनी अस्पताल नै भर्ना भइन् । भारतीय मिडिया अनुसार आलिया १७ जनवरीमा सर एचएच रिलायन्स अस्पतालमा भर्ना भएकी थिइन् । १ दिनमात्र अस्पताल बसेर १८ जनवरीमा उनी पुनः छायांकनमा नै फर्किइन् । अहिले भने उनको स्वास्थ्य अवस्था एकदमै ठिक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति