युट्युबमा रिलिज भयो ‘छ माया छपक्कै’

छ माया छपक्कै सर्वाधिक कमाई गर्न सफल चलचित्र हो । दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र २ बर्ष अघि हलमा रिलिज भएको थियो । चलचित्रको कथावस्तु र कलाकारको अभिनयको दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

हालैमात्र चलचित्र छ माया छपक्कै युट्युबमा रिलिज भएको छ । छ माया छपक्कै आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ । चलचित्र युट्युबमा रिलिज भएको केही समयमै दर्शकको नजरमा पर्न सफल भएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board