कपिल शर्माबारे यसो भन्छन्, डा. गुलाटी…

डा.मशहुर गुलाटी र गुत्थीको नामको चर्चित कमेडियन सुनिल ग्रोवर आजभोली चलचित्र र वेब सिरिजहरुमा निकै व्यस्त हुन थालेका छन् । अहिले दर्शकले निकै रुचाइरहेको वेब सिरिज ताण्डवमा सुनिलको कामको निकै नै तारिफ भैरहेको छ । तर दर्शकले कपिल शर्मा शो मा अहिले पनि डा.महशुर गुलाटीलाई सम्झने गरेका छन् । कपिल र सुनिलको सानो कुरामा विवाद भएपछि यी दुई छुट्टीएका थिए । सुनिल कपिल शर्मा शो मा फर्कने कुरा थियो तर उनी अहिलेसम्म फर्किएका छैनन् ।

झगडापछि यी दुईको कहिल्यै कुराकानी नभएको भने होइन । दुवै एकअर्काको टचमा नै थिए । यसैबिच हालै दिएको एक अन्तवार्तामा सुनिलले आफू कपिलसँग कहिल्यै रिसाउन नसक्ने बताएका छन् । उनले कपिल निकै नै रमाइलो व्यक्ति भएकाले उनीसँग कोहीपनि रिसाउनै नसक्ने बताए ।

यी दुईको झगडा भएपनि दुवैले एकअर्काको बारेमा कहिल्यै पनि नराम्रो भनेका छैनन् । अहिले पनि सुनिलबारे सोध्दा कपिल सुनिल आफ्नो दिलको सधैँ नजिक रहेको र उनीबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछन् । यता सुनिल पनि आफू सधैँ नै कपिललको इज्जत गर्ने बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति