बाथरुमको फोटो सेयर गरेपछि ट्रोलको सिकार भइन् काइली

काइली जेन्नर हलिउडकी सर्वाधक चर्चित मोडल हुन् । त्यति मात्र नभएर काइली विश्वकै धनी व्यक्तिमध्येकी एक हुन् । उनले कैयौँ पटक फोब्र्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा आफ्नो स्थान बनाइसकेकी छिन् । काइली पपुलर मिडिया पर्सन हुन् । जसका कारण फ्यानले उनको सानो भन्दा सानो कुरा पनि याद गर्ने गरेका छन् ।

जसका कारण काइली कहिलेकाहीँ समस्यामा पनि पर्ने गरेकी छिन् । हालैमात्र काइलीले सामाजिक सञ्जालमा आफ्नो बाथरुमको फोटो सेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ । शावर खुल्ला छ र त्यहाँबाट हल्का पानी पनि बगिरहेको देखिन्छ । यो तस्बिर अहिले निकै नै भाइरल भैरहेको छ र मानिसले काइलीको मजाक उडाइरहेका छन् ।

मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्सनमा पनि सामान्य मानिसको घरमा जस्तै पानीको दबाब हुने भन्दै उनलाई ट्रोल गरिरहेका छन् । कोहीले भने काइलीको भन्दा आफ्नो घरको बाथरुम राम्रो भएको भनिरहेका छन् । यसबारे काइलीले भने कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति