टिका प्रसाईको ‘माया लुकी लुकी’ ले पायो युट्युबमा सर्वाधक १०० मिलियन भ्यूज

२ बर्ष अघि चर्चित गायिका टिका प्रसाईको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको माया लुकी लुकी बोलको गीतले युट्युबमा सर्वाधिक १०० मिलियन भ्युज पाउन सफल भएको छ ।

आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा टिका प्रसाईको आवाज रहेको छ । गीतमा कार्टुन क्रु फिचर्ड रहेका छन् । यो गीत रिलिज हुने बित्तिकै धेरै ठाउँमा सुन्ने गरिन्थ्यो । अहिले पनि गीतको लोकप्रियता कत्तिपनि कम भएको छ । यो समाचार तयार पारिरहदाँ यस गीतलाई ४ लाख १६ हजार ७ सय ७० जनाले लाइक गरेका छन् भने लगभग ५० हजारले डिसलाइक गरेका छन् । गीतमा १३ हजार भन्दा बढी कमेन्ट प्राप्त छ ।

ट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो । यो सफलता पाएपछि गीतकी गायिका टिका प्रसाईले आफू निकै नै खुसी भएको तर अब अझै राम्रो गीतहरु ल्याउन आफूलाई चुनौती बढेको पनि बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति