फेरी बढ्यो सुनचांदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चांदीको मूल्य बढेको छ ।

हिजो तोलामा ९१ हजार ६०० रुपैयामा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार रुपैयांमा कारोबार भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयांमा कारोबार भएको छ । यस्तै चांदीको मूल्य पनि हिजोको तुलनामा आज बढेको हो ।

हिजो तोलामा १२ सय ३० रुपैयांमा कारोबार भएको चांदी आज बढेर तोलामा १२ सय ४५ रुपैयांमा कारोबार भएको महासंघले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board