प्रधानमन्त्रीले आवेगमा प्रतिनिधि सभा विघटन गर्नुभयो : नेता सिटौला

काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका रिसका कारण आवेगमा आएर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आज (साेमबार) काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा नभएकाे भन्दै उनले उक्त मुद्दामा सर्वाेच्च अदालतले सही व्याख्या गर्नुपर्ने तर्क गरे ।

‘प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसक्दाको रिसले प्रतिनिधि सभा विघटन गर्नुभयो । सर्वोच्च अदालतले यसकाे सही व्याख्या गरी निर्णय गर्नुपर्छ’, नेता सिटाैलाले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति