बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति