पूजा र आकाशको लोभलाग्दो जोडी…

पूजा शर्मा र आकाश श्रेष्ठ दुवै नेपाली चलचित्र जगतका चलेका कलाकार हुन् । यी दुईले एकसाथ केही चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेका छन् । दर्शकमाझ यो जोडी निकै नै लोकप्रिय छ । पूजा र आकाश एकअर्काका मिल्ने साथी हुन् । तर धेरै दर्शक यी दुईलाई वास्तविक जोडीको रुपमा हेर्न चाहन्छन् ।

यी दुई धेरैजसो कार्यक्रममा एकसाथ पुग्ने गरेका हुन्छन् । गत बिहिबार राजधानीको एक होटलमा आयोजित स्वेता र विजयेन्द्रको बिहेको रिसेप्सन पार्टिमा पनि यी दुई एकसाथ देखिएका थिए । पूजा पिंक कलरको लेहेगांमा निकै राम्री देखिएकी थिइन् भने आकाश पनि निकै राम्रा देखिएका थिए । यतिबेला सामाजिक सञ्जालमा यी दुईको तस्बिरले चर्चा पाइरहेको छ र फ्यानले पनि यी दुईको तस्बिरलाई रुचाइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति