चर्चित रियालिटी शो बिगबोसका मुख्य असिस्टेन्ट पिस्ता धाकडको सडक दुर्घटनामा मृत्यु

बिग बोस चर्चित भारतीय रियालिटी शो हो । यतिबेला बिगबोस सिजन १४ चलिरहेको छ । यसैबिच बिगबोस १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको सडक दुर्घटनामा मृत्यु भएको छ । उनले बिगबोसमा मुख्य असिस्टेन्टको रुपमा काम गर्दै आएकी थिइन् भने उनी कलर्स प्रोगामिङ टिमकी सदस्य पनि थिइन् ।

शुक्रबार राति फिल्म सिटीमा दुर्घटना हुदाँ उनको ज्यान गएको हो । आफ्नो दुइ पाङ्ग्रे सवारी साधनबाट उनी लडेको र एक भ्यानिटी भ्यान उनीमाथि चढेको बताइएको छ ।

एक स्रोतका अनुसार अँध्यारोका कारण दुर्घटना भएको हो । स्पटबोयको रिपोर्टलाई विश्वास गर्ने हो भने विकेन्डको वारको सुटिङ पछि यस्तो दुःखद घटना भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति