‘केपी ओलीले ठूलो षड्यन्त्र गरे’ : प्रचण्ड

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरी ठुलाे षड्यन्त्र गरेकाे आरोप लगाएका छन् ।

राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रम ओलीमाथि यस्ताे आरोप लगाएका हुन् । बैठकमा उनले भनेका छन्- ‘केपी ओलीजीले संविधानमाथि प्रहार गरेर ठुलाे षड्यन्त्र गर्नु भएकाे छ । यसकारण अहिले हामी आक्रामक हुनुपर्ने देखिएको छ । हाम्रो आन्दोलन पनि जुझारु हुन जरुरी छ ।’

यस्तै उनले संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गरेर चुप बस्न नसक्ने बताए । ‘संविधानको हत्या हुँदा हाँसेर बस्न सक्दैनाैँ । हामी मजाकको मुडमा छैनौँ’, प्रचण्डले
भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति