निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं ४ माघ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ ।
छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित कार्यालयमा बोलाएको छ । आगामी निर्वाचनका विषयमा दलहरुसंग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउंदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका थिए । निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना पनि गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति