विदेशमा कोरोनाबाट हालसम्म ३१९ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ ।
गएको साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । योसंगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ । विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । गत साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नया“ स्वरुप विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति