सभापति देउवा फेरि प्रधानमन्त्री बन्ने सम्भावना : नेता पौडेल

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताए ।प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पु¥याउने काम भएको भन्दै पौडेलले त्यसलाई सच्याउनुपर्ने बताए । संसद विघटनको विरोधमा भरतपुर महानगरपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले संविधानलाई बचाएर मात्र चुनावमा जाने दाबी गरे । केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै पौडेलले संसद पुनस्र्थापना अपरिहार्य रहेको बताए ।

कम्युनिस्ट पार्टी फुटेकाले संसद पुनस्र्थापना हुंदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनको भनाइ छ । पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना रहेको समेत उनले बताए । न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै पौडेलले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board