वरुण धवनको वैवाहिक पार्टी ५ दिनसम्म चल्ने

काठमाडौं, २ माघ । यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ । यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ ।

वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।

वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति