राष्ट्रिय महिला फुटबल लिग ७ गतेदेखि शुरु, चार विदेशी खेलाडी राख्न पाउने

काठमाडौं, २ माघ । आगामी माघ ७ गतेबाट सुरु हुने महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा सहभागी हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न र खेलाउन पाउने व्यवस्था गरेको हो । एन्फाले महिला लिगमा तीन विभागीयसहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरी ७ टिम खेलाउनेछ । यसअघि रुपन्देहीमा भएको छनोटमा चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिका प्रतियोगिताका लागि छनोट भएका थिए ।

एन्फाले पहिलो पटक महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ । यसअघि विकास क्षेत्र र विभागीय टिमलाई समावेश गर्दै महिला लिग सञ्चालन हुदैै आएको थियो । एक महिना सञ्चालन हुने लिगका पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ । बांकी सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बताइएको छ । हरेक टिममा २३ खेलाडीसहित ७ अफिसियल हुने र सबै टिमलाई बस्ने र खानेको व्यवस्था एन्फाले गर्नेछ ।

यस्तै एन्फाले प्रतियोगिताका दौरान कोभिड–१९ को शंका लागेमा आइसोलेसनको व्यवस्था र प्रतियोगिता सुरु हुनु अघि पीसीआर टेष्ट आफूले गर्ने जनाएको छ । प्रतियोगिताको विजेताले नगद १५ लाखसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५ र चौथो हुनेले ३ लाख रुपैया“ पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board