नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं २ माघ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको हो ।

विभागले दुई दिनअघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आव्हान गरेको थियो । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासंग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board