‘नागरिक एप्स’ को प्रयोगबाट भ्रष्टाचार अन्त्य हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाएका छन् ।। उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने,“परीक्षणका रुपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति