यी चर्चित खेलाडी जसले साथीका श्रीमती र आमासँग यौनसम्बन्ध राखे

प्रेमले धेरैको घरबार जोड्छ भने कतिको घरबार तोडिन्छ । तर, कतिपयले प्रेमको नाममा स्थापित सम्बन्धलाई नै कलंकित पारेका छन् ।

यसको एउटा उदाहरण हुन् भारतीय क्रिकेटर दिनेश कार्तिक र मुरली विजय । पहिले दिनेश कार्तिककी श्रीमती अब मुरली विजयकी श्रीमती बनेकी छन् ।

भारतका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक र मुरली विजय मिल्ने साथी हुन् र उनीहरूले भारतीय टोलीबाट धेरै खेल सँगै खेलेका छन् । आईपीएलमा पनि केही समय उनीहरूले सँगै खेले । तर, पछिल्लाे समयमा उनीहरूबीच सम्बन्ध छैन ।

सन् २००७ मा कार्तिकले आफ्नी बाल्यकालकी साथी निकितासँग विवाह गरे । तर, त्यो विवाह लामो समय टिकेन ।

सन् २०१२ मा आईपीएल–५ का क्रममा कार्तिक र निकिता सँगै देखिए । सोही क्रममा निकिता कार्तिकका साथी क्रिकेटर मुरली विजयसँग नजिकिइन् । कार्तिकले यो कुरा थाहा पाएपछि उनीहरूको सम्बन्धविच्छेद भयो ।

सम्बन्धविच्छेदलगत्तै निकिताले मुरली विजयसँग विवाह गरिन् । निकिता र मुरली विजयका २ सन्तान छन् । कार्तिकले सन् २०१५ मा भारतीय स्क्वाश स्टार दीपिका पल्लीकलसँग विवाह गरेका छन् ।

यस्तै, चर्चित बास्केटबल खेलाडी जेम्स लेब्रायनलाई उनका साथीले नै भयंकर धोका दिए । लेब्रायनका साथीले उनकै आमासँग यौनसम्बन्ध राखे ।

बास्केटबल खेलाडी टोनी पार्कर र ब्रेन्ट ब्यारी साथीको दुनियाँमा चर्चित जोडी थियो । उनीहरूको मित्रताको चर्चा नै हुने गर्दथ्यो । तर, जब ब्रेन्टलाई टोनी र आफ्नी श्रीमती एरिनबीचको सम्बन्धबारे थाहा भयो, तब उनीहरूको सम्बन्धमा समस्या आयो । ब्रेन्ट र एरिनबीच २३ वर्षे सम्बन्ध साथीकै कारण टुट्यो ।

चर्चित हक्की खेलाडी पावेल र टेनिस सुन्दरी अन्ना कोर्निकोवासँग सम्बन्ध थियो । उनीहरूबीच सन् १९९९ देखि २००१ सम्म राम्रो सम्बन्ध थियो । तर, उनीहरूको सम्बन्ध नाटकीय रूपमा बिग्रियो ।

सन् २००१ मा अचानक रसियाली टेनिस स्टारले पावेलका नजिकका साथी सर्गेई फेडेरोसँग इन्गेजमेन्टको घोषणा गरिन् । तर, सर्गेईसँग २ वर्ष सँगै बसेपछि अन्नाको सम्बन्ध पप स्टार एनरिकेसँग जोडियो । उनीहरू सँगै बस्न थाले ।

बेलायत र इङ्लिस क्लब चेल्सीका खेलाडी जोन टेरीले पनि आफ्ना साथीलाई यसरी नै धोका दिएका थिए । सन् २०१० मा टेरीकी श्रीमती गर्भवती थिइन् ।

त्यसबेला उनी आफ्नै साथी वायनेकी प्रेमिका फ्रान्सकी मोडल भनेसा पेरासेन्लसँग नजिक भए । टेरी र भनेसाबीच ४ महिना सम्बन्ध चल्यो । टेरी र भनेसाबीच सम्बन्ध रहेको खुलासा भएपछि वायनेले उनीहरू दुवै जनासँग सम्बन्ध तोडे । वायनेको सन् २०१४ मा फ्रेन्की ब्रिजसँग विवाह गरे ।

यी सबैभन्दा फरक कहानी एनबीएका बिग स्टार जेम्स लेब्रायनको छ । जेम्सका नजिकका साथी डेलोन्टे वेस्टरको सम्बन्ध उनकी आमा ग्लेरियासँग रहेको कुरा बाहिर आएपछि भने त्यसले तहल्का मच्चायो ।

सन् २०१० मा यो सम्बन्ध बाहिर आए पनि जेम्सले अस्वीकार गरेका थिए । सन् २०१४ मा डेलोन्टे र ग्लेरियाले नै आफूहरूबीच शारीरिक सम्बन्ध रहेको पुष्टि गर्दै सबैलाई चकित पारे ।

सन् १९९८ को विश्वकपअघि चर्चित अमेरिकी खेलाडी जोन हर्केस एकाएक टिमबाट हटाइए । उनलाई टोलीबाट हटाइएकोबारे ठूलो बहस भयो । तर, कसैले कारण बताएनन् ।

सन् २०१० मा एक न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा समूहका तत्कालीन कोच स्टिभ स्याम्सनले हर्केसले उनकै साथी एरिक विनाल्डाकी श्रीमती एमीसँग सम्बन्ध राखेको खुलासा गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board