महिलाले याैन सम्बन्ध नचाहने ५ कारण

सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन । महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन् ।

महिलाहरू आफ्नो यौन जीवनमा असन्तुष्ट हुनुका केही कारणहरू छन् ।

१. महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव कम हुन्छ । यस्तो अवस्थामा शारीरिक घनिष्ठता उनीहरूले सोच्नसमेत सक्दैनन् । शारीरिक सम्बन्धमा सामेल भए पनि उनीहरूले त्यसमा विल्कुलै मनोरञ्जन गर्न सक्दैनन् ।

२. धेरैजसो महिलाहरूले कार्यालयको कामका साथै घरको काम र पारिवारिक जिम्मेवारीसमेत निभाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरू शारीरिक र मानसिक रूपमा थकान र तनाव महसुस गर्छन् । यो अवस्थामा पनि उनीहरू शारीरिक सम्बन्धमा रुचि देखाउँदैनन् ।

३. यौन जीवनलाई दिक्दारी मान्नु र सम्बन्धमा प्रेम र कुनै प्रकारको ‘इमोसन’को अनुभव नगर्दा पनि महिलाहरू यौन जीवनमा टाढा हुने गर्छन् । उनीहरू आफ्नो पार्टनरको शारीरिक सन्तुष्टिका लागि यौन सम्बन्धमा सामेल भए पनि त्यसको तत्कालै अनुभव पाउन सकिन्छ । यस्तो भएमा महिलाले शारीरिक सम्बन्धमा दूरी बनाउन थाल्छन् ।

४. महिलाहरू आफ्नो ‘लुक्स’लाई लिएर धेरै संवेदनशील हुन्छन् । बढ्दो तौल, पार्टनरको आकर्षण र प्रेम नदर्शाउने गर्दा पनि उनीहरूले यौन जीवनमा आफ्नो आत्मविश्वास गुमाउँछन् । यस्तो अवस्थामा शारीरिक सम्बन्ध कायम भएमा पनि उनीहरूले सहजता महसुस गर्दैनन् ।

५. धेरैजसो महिलाले यौन सम्बन्धमा आफूलाई कुन कुरा मनपर्छ र कुन कुरा मनपर्दैन भनेर बताउन चाहँदैनन् । यो कुराले उनीहरूलाई असहजता महसुस हुँदै जान्छ र तनावको कारक बन्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board