नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ ।

साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board