फोटोग्राफरलाई विराट र अनुष्काको अनुरोध : ‘हाम्री छोरीको तस्बिर नखिचिदिनुहोला’

३ दिनअघि मात्र बलिउडकी चर्चित नायिका अनुष्का शर्माले छोरीलाई जन्म दिइन् । यसको जानकारी स्वयम विराटले सामाजिक सञ्जाल मार्फत दिएका थिए । विराट र अनुष्का पपुलर फेस भएकाले मिडियाले उनीहरुकी छोरीको तस्बिर खिच्न निकै नै प्रयास गरिहेको छ । तर विराट र अनुष्काले आफ्नी छोरीको तस्बिर नखिच्न मिडियालाई अनुरोध गरेका छन् ।

विराट र अनुष्काले एक नोट नै पठाएर आफ्नी छोरीको तस्बिर नखिच्न अपिल गरेका हुन् ।

विारट र अनुष्काको नोटमा लेखिएको छ, यो नोटमा सेलिब्रिटी कपलले लेखे, ‘धन्यवाद त्यो प्रेमका लागि जुन तपाईंहरुरले यत्तिका वर्षसम्म दिनुभयो । हामी तपाईंसँग यो खुसीयाली पलको उत्सव मनाउन पाउँदा निकै खुसी छौं ।’

उनीहरुले लेखे, ‘आमा–बुवा भएको नाताले हामी तपाईंहलाई एउटा सानो अपिल गर्न चाहन्छौं । हामी आफ्नी छोरीको गोपनियताको रक्षा गर्न चाहन्छौं र हामी यसमा तपाईंहरुको मद्दत र समर्थन चाहन्छौं ।’

‘तपाईंहरुले यो कुरा बुझ्नुहुनेछ भन्ने कुरा आशा गरेका छौं र हामी यो कुराका लागि आभारी पनि छौं ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board