परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन् ।

उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । बैठक तीन दिनसम्म चल्ने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।

मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति