राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् : राष्ट्रपति भण्डारी

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board