भारतमा २४ घण्टामा १७ हजार १५ संक्रमित, २०१को मृत्यु

काठमाडौँ, १ माघ ।  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २०१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७ हजार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख १२ हजार ८३१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ४६ हजार २५४ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति