‘दि भ्वाइस अफ नेपाल’ सिजन ३ मा तिर्सना ‘इन’ आस्था ‘आउट’

दि भ्वाइस अफ नेपाल नेपालको नम्बर १ रियालिटी शो हो । यसको १ र २ सिजन निकै भव्यसँग सम्पन्न भैसकेको छ । यसका साथै यतिबेला दि भ्वाइस अफ नेपाल टिमले सिजन ३ को तयारी सुरु गरिसकेको छ । यतिबेला दि भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसन चलिरहेको छ ।

यसपटक एकजना कोच भने परिवर्तन भएका छन् । दि भ्वाइस अफ नेपाल सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउत यसपटक भने कोचको रुपमा छैनन् । आस्थाले यस बर्ष समय दिन नसकेकाले शो टिमसँगको सहमतिमा नै छोडेकी हुन् । यसबाहेक अन्य कुनै पनि कारण नरहेको दि भ्वाइस अफ नेपाल टिमले स्पष्ट पारिसकेको छ ।

आस्थाको ठाउँमा यसपटक कोचको रुपमा पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका तिर्सना गुरुङ अनुबन्धित भएकी छिन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै तिर्सनालाई कोचको रुपमा अनुबन्धित गरिएको हो । तिर्सनाले यसपटक दि भ्वाइस अफ नेपाल मा आफू पनि जोडिन पाउँदा निकै नै खुसी लागेको बताइन् । दि भ्वाइस अफ नेपाल सिजन ३, १ महिनापछि प्रशारणमा आउने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board