विप्लब समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।

विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board