‘प्रधानमन्त्री ओली एक्लिए’ : नेता नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका नेता माधवकुमार नेपालले पूरा देशमा आफ्नो पक्षमा अपार समर्थन मिलेको दाबी गरेका छन्।

गण्डकी प्रदेशको कार्यकर्ता भेलामा २ हजारभन्दा बढि कार्यकर्ताको उपस्थिती भएको बताउँदै उनले प्रतिपक्ष, नागरिक समाज र सबै पक्षबाट आफूहरुलाई व्यापक समर्थन मिलेको उनले बताए।

काठमाडौंमा जारी वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, “पोखरामा गण्डकी प्रदेशस्तरीय वृहत कार्यकर्ता भेलाको आयोजना भएको थियो। त्यो भेलामा झण्डै २ हजार कार्यकर्ताको उपस्थिती थियो।”

लुम्बिनी प्रदेश पूरा देशमा पूर्व एमालेको तर्फबाट आफ्नो पक्षमा सबभन्दा कमजोर ठानिएको, तर अपेक्षाभन्दा धेरै बढि झण्डै दुई हजार कार्यकर्ताको उपस्थितीबाट आफू हौसिएको नेता नेपालको भनाई थियो।

“हाम्रा ओली गुटका मानिसले दुई/तिन सय मानिस भन्दा बढि के आउँथे होलान? त्यो पनि पुग्छ की पुग्दैन? भनेको ठाउँमा दुई हजार बनाइएछ। विशाल उपस्थिती भयो,” नेता नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षलाई व्यंग गर्दै भने, “सम्भवत ओली गुटका मानिसहरु मुर्टित भएका छन् की पत्ता लगाउनुहोला है, आज। अस्पतालमा त कोही भर्ना हुन जानु भयो की भएन त्यो पनि, पत्ता लगाउनुहोला।”

नेता नेपालले देशैभरी आफ्नो पक्षमा व्यापक समर्थन पाएको कार्यकर्ताहरुलाई बताए। “जहाँ गयो, त्यहाँ अपार समर्थन पाइन्छ। जन समुदायको तहमा त्यस्तै छ। कार्यकर्ताको पंक्तिमा त्यस्तै छ। प्रतिपक्षदेखि, नागरिक समाजदेखि, समाजका सबै प्रबुद्ध तहमा त्यस्तै छ,” प्रधानमन्त्री ओलीलाई तानासाहको शंज्ञा दिँदै उनले भने, “केपी ओलीका कदमका विरुद्धमा सबै रहेको मैले पाइरहेको छु। उहाँ सबै हिसावले एक्लिनुभएको छ र प्राय तानासाहहरु यसैगरी नै एक्लिँदारहेछन्। शंसारका तानासाहहरुको त्यस्तै हालत तपाईहरुले देख्नुभएको छ। आफूलाई मै हु भन्ने मैमत्त भएकाहरु अन्तिम समयमा सहाराविना एक्लो हुन पुग्दछन्। हेर्दै जानुहोला केपी ओली निरिह भएको कुनै समय तपाईहरु पाउनुहुनेछ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board