ओली सच्चिए पार्टी एक हुन सक्छ : प्रचण्ड

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ स्तरका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली गणतन्त्रविरोधी भएकोले गणतन्त्र जोगाउनका लागि आफूहरू अझै जीवित रहेको बताएका छन् ।

सम्बोधनका क्रममा प्रचण्डले भने, ‘ओलीजी गणतन्त्रवादी नभए पनि नेपालीहरू अझै गणतन्त्रवादी छन्, गणतन्त्र जोगाउनका लागि हामी अझै जीवित छौँ, ओलीजीले सर्वाेच्च अदालतलाई भन्नुपर्छ, मैले गरेको कदम गलत भयो, मेरो पक्षमा फैसला नहोस् । ’

कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रति क्षमायाचना गरेमा अझै मिल्न सक्ने ठाउँ रहेको जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति