संसद विघटनको मुद्दामा सुनुवाइ : वृहत पूर्ण इजलासमा नपठाउन सरकारको निवेदन

काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका मुद्दाहरुको वृहत पूर्ण इजलासमा लैजान नहुने बताएको छ ।

बुधबार संवैधानिक इजलासको सुरूमै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सरकारी पक्षले वृहत् पूर्ण इजलासमा मुद्दा लैजाने नहुने निवेदन दिएको भन्दै यसबारे रिट निवेदकको धारणा मागेका थिए ।

रिट निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यी मुद्दाहरू किन वृहत् पूर्ण इजलासमा लैजानुपर्छ भनेर बहस गरिरहेका छन् ।

अधिवक्ताहरूले यसअघि नै प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा वृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग गर्दै आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति