उकालो लाग्दै सुनको भाउ, प्रतितोला ९२ हजार ९०० रुपैंया कायम

आज नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १०० र चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेको हो।

स्थानीय बजारमा मंगलबार छापावाल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो। जसमा आज १०० रूपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० पुगेको छ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ४०० रूपैयाँ तोकिएको छ। सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ पनि बढेको छ।

मंगलबार तोलामा एक हजार २५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २६० रूपैयाँ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति