जबज माधवले हाेइन ओलीले त्यागेका हुन् : प्रचण्ड

सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नभइ प्रधानमन्त्री केपी शर्मा ओली त्यागेकाे आरोप लगाएका छन् ।

मंगलबार पोखरामा भएको बृहत् कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष दाहालले साे कुरा बताएका हुन् । ‘मदन भण्डारीले प्रतिपादन गर्नुभएकाे जनताको बहुदलीय जनवादको कार्यदिशा ओली नै त्यागेका हुन्, माधव नेपालले हाेइन । ओलीसँगकै छलफलमा जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भएकाे हाे’, प्रचण्डले भेलामा भनेका छन् ।

यस्तै उनले नेकपा विभाजनपछि ओलीकाे समर्थनमा रहेका पूर्व माओवादीहरुमाथि समेत प्रश्न उठाएका छन् । ‘ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेका हाेलान् साथीहरू ?’, प्रचण्डकाे प्रश्न छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board