गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरी छ : मन्त्री भट्ट

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताए । नेकपा कैलालीको आज धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको स्पष्ट पारे ।

अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भट्टले भने “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धतासहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।” सो अवसरमा स्थायी समिति सदस्य भट्टले सो पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराए । बैठकमा पार्टीका जिल्ला अध्यक्ष रतनबहादुर थापा, दीपकप्रसाद देवकोटा, विघटित प्रतिनिधिसभाका सदस्य नारदमुनि रानालगायतले पनि समसामयिक विषयमा बोलेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति