थप ४ सय ३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं, २८ पौष । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।५ हजार ३ सय जनाको नमुना परीक्षण गर्दा १ सय ७७ महिला र २ सय ५३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । उनीहरुमध्ये आज ५ सहित १९ सय ३२ जनाको मृत्यु भएको छ । यस्तै थप ३ सय ९० जना निको भएसगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ५९ हजार ३ सय ५८ जना पुगेका छन् ।

आज थपिएका संक्रमितमध्ये २ सय ५९ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १३, प्रदेश २ मा ४ तथा वाग्मती प्रदेशमा २ सय ८७ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा १६, लुम्बिनीमा ९४, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जनामा संक्रमण देखिएको छ । हाल देशभर सक्रिय संक्रमित ४४ सय ८ जनामध्ये १ सय ५७ जनाको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board