‘बिगबोस’ बाट ज्यास्मिन आउट हुदाँ थामिएनन् सलमानका आँशु, बाहिर आएर ज्यास्मिनले सलमानबारे दिइन् यस्तो प्रतिक्रिया…

भारतको बहुचर्चित रियालिटी शो हो, बिगबोस । बिगबोस भारतमा मात्र नभएर नेपालमा पनि लोकप्रिय बनेको छ । नेपाली दर्शकले पनि बिगबोस निकै चासो दिएर हेर्ने गरेका छन् । अहिले बिगबोस सिजन १४ चलिरहेको छ । यसैबिच गतहप्ता शनिबार बिगबोस बाट दर्शकमाझ निकै लोकप्रिय सेलिब्रेटी ज्यास्मिन भसिन आउट भइन् ।

ज्यास्मिन आउन हुदाँ दर्शक त छक्क परे नै किनकी उनले राम्रो भोट पाइरहेकी थिइन् । त्यसका साथै घरका सबै सदस्य निकै रोए । विशेष ज्यास्मिनका असाध्यै मिल्ने साथी अलि गोनि धेरै रोएका थिए । ज्यास्मिन आउट हुदाँ सलमान खानको पनि आँशु रोकिएन । सलमान आजसम्म कुनैपनि प्रतिस्पर्धी आउट हुदाँ रोएका थिएनन् तर ज्यास्मिन जादाँ उनले आफूलाई रोक्न सकेनन् ।

यसबारे ज्यास्मिनले आफ्नो प्रतिक्रिया दिएकी छिन् । बाहिर निस्कने बित्तिकै ज्यास्मिनले एक मिडियालाई अन्तवार्ता दिएकी छिन् । ज्यास्मिनले अन्तवार्तामा भनिन्, मैले सबैबाट निकै प्रेम पाएँ । सबैसँग मेरो सम्बन्ध निकै राम्रो रह्यो । सलमान सरका लागि त मेरो मनमा अत्यधिक सम्मान र प्रेम छ । किनभने त्यस्ता थुप्रै परिस्थिती आउँछन् तब तपाईं केही बोल्न सक्नुहुन्नँ तर उहाँले सधैं के भइरहेको छ भनेर सम्झाउनु हुन्थ्यो । कस्तो महसुस भइरहेको, के बितिरहेको छ । उनले मलाई असाध्यै प्रेम दिए ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board