ऋतिकको जन्मदिनमा पूर्वपत्नी सुजैनले दिइन् विशेष शुभकामना

बलिउड अभिनेता ऋतिक रोशनले हिजो आफ्नो जन्मदिन मनाए । फ्यान तथा चलचित्रकर्मीले उनलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना पनि दिए । यसैबिच ऋतिकलाई उनकी पूर्वपत्नी सुजैन खानले पनि जन्मदिनको शुभकामना दिएकी छिन् । सुजैनले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गर्दै ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी हुन् ।

सुजैनले ऋतिकको जन्मदिनको शुभकामना दिँदै लेखिन्, ‘ह्यापियस्ट बर्थडे… तिम्रो जीवनमा आउने भोलिका दिन सबैभन्दा सुन्दर होस् भन्ने कामना गर्छु… सन् २०२१ को सार्थक शुभकामना ।’

हुनत ऋतिक आफ्नो व्यावसायिक जीवनबाहेक नीजि जीवनलाई पनि धेरै समय दिन्छन् । सुजैनसँग सम्बन्धविच्छेद भएपछि पनि उनीहरुको दोस्ती निकै राम्रो छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board